Loading...

This page describes an image मेष राशि तारामण्डलको नक्सा

Download File ( image 904.85 kB)
Download PDF File (PDF file 155.96 kB)

Diagram caption: मेष राशि, यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरू। मेष माथिबाट घडीको दिशामा त्रिकोण (त्रिभुज), मीन राशि , सीटस , वृष र ययाती तारामण्डल द्वारा घेरिएको छ। मेष क्रान्तिवृत्तमा (यहाँ निलो रेखाको रूपमा देखाइएको) अवस्थित छ, यो त्यो मार्ग हो जुन सूर्यले वर्षभरि आकाशमा पार गर्दै जाने देखिन्छ। सूर्य अप्रिलको मध्यदेखि मेको मध्यसम्म मेष राशिमा रहन्छ। सौर्यमण्डलका अन्य ग्रहहरू प्रायः मेष राशिमा भेट्टाउन सकिन्छ। मेष आकाशीय भूमध्य रेखाको ठीक उत्तरमा अवस्थित छ र यसैले विश्वका सबैभन्दा कुनाको दक्षिणी अन्टार्कटिक क्षेत्रहरू बाहेक पृथ्वीको सबै भागबाट वर्षको कुनै न कुनै समयमा देख्न सकिन्छ। मेष उत्तरी गोलार्धको जाडोमा र दक्षिणी गोलार्धको गर्मीमा साँझको समयमा सबैभन्दा स्पष्ट देखिन्छ।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।


Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link

Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons

Related glossary terms: Apparent Magnitude , Aries , Celestial Coordinates , Constellation , Declination , Ecliptic , Pisces , Right Ascension (RA) , Taurus , Zodiac
Categories: Naked Eye Astronomy

Want to make your own translation or version of this diagram? Then download the SVG version of this diagram in English (451.08 kB). You can edit this using software like Inkscape (free) or Adobe Illustrator (proprietary). Just remember to credit the author of the original appropriately.

You can also make your own version or translation of this diagram by adding adding text to a version of this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 89.49 kB)
Download Text-Free PDF File (PDF file 155.79 kB)

In Other Languages

अंग्रेजी: Aries Constellation Map
ईटालियन: Mappa della costellazione dell'Ariete
स्पेनिस: Mapa de la constelación de Aries
प्राचिन चिनि: 白羊座星圖
सरल चिनि: 白羊座星图

The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".

If you notice a error in this diagram or its caption then please get in touch.