Loading...

This page describes an image कन्या राशि तारामण्डलको नक्सा

Download File ( image 839.95 kB)
Download PDF File (PDF file 166.78 kB)

Diagram caption: कन्या राशि तारामण्डल र यसका वरपरका तारामण्डलहरू। रेखाचित्रको माथिबाट सुरु गरेर घडीको दिशामा भएका तारामण्डलहरू कोमा बेरेनिसेस, सिंह, क्रेटर (पात्र), कोर्भस (काग), तुला, र बूटीस हुन्। कन्याको सबैभन्दा चम्किलो तारा, स्पाइका (चित्रा), नक्साको बीचमा क्रान्तिवृत्त (यहाँ नीलो रेखाको रूपमा देखाइएको) भन्दा तल अवस्थित छ। रातको आकाशमा यो तारा पत्ता लगाउने एउटा तरिका भनेको बिग डिपर (सप्तर्षि) को ह्यान्डललाई पछ्याएर बूटीसको तारा स्वाती (आर्कचुरस) सम्म पुग्ने र त्यसपछि सीधा तल स्पाइकासम्म रेखा तान्ने हो ("arc to Arcturus and spike to Spica")। यो तारा क्रान्तिवृत्तभन्दा तल अवस्थित छ। क्रान्तिवृत्त त्यो बाटो हो जुन सूर्यले वर्षभरि आकाशमा पार गरेको जस्तो देखिन्छ। सूर्य सेप्टेम्बरको मध्यदेखि अक्टोबरको अन्त्यसम्म कन्यामा हुन्छ। सौर्यमण्डलका अन्य ग्रहहरू प्रायः कन्यामा भेट्टाउन सकिन्छ। कन्या आकाशीय भूमध्य रेखाभरि फैलिएको हुनाले यसको केही भाग विश्वको सबैभन्दा आर्कटिक र अन्टार्कटिक क्षेत्रहरूमा अस्पष्ट भए पनि वर्षको कुनै न कुनै समयमा सम्पूर्ण पृथ्वीबाट देखिन्छ।
कन्या उत्तरी गोलार्धको वसन्त र दक्षिणी गोलार्धको शरदमा साँझको समयमा सबैभन्दा बढी देखिन्छ। यो तारामण्डल एउटा व्यक्ति आफ्नो पीठ क्रान्तिवृत्तमा राखेर, हातहरू फैलाएर, र खुट्टाहरू पूर्वतिर पारेर उत्तानो परेर सुतेको जस्तो आकृति देखिन्छ। कन्यामा धेरै गहन-आकाश वस्तुहरू देखिन्छन्, जसमा NGC4697, M49, M87, M86, M84, र M60 समावेश छन्, जसलाई सबैलाई नक्सामा रातो दीर्घवृत्तको रूपमा चिन्ह लगाइएको छ। यिनीहरू पृथ्वीबाट लाखौं प्रकाश वर्ष टाढा अवस्थित सर्पिल र दीर्घवृत्ताकार आकाशगंगाहरू हुन्। विशेष गरी, इभेन्ट होराइजन टेलिस्कोपले २०१९ ईस्वी मा चित्रण गरेको अति विशाल कृष्ण बिवर (ब्ल्याक होल) 'पोवेही' M87 मा अवस्थित छ। यी सबै आकाशगंगाहरू भर्गो क्लस्टरका सदस्यहरू हुन्, जुन मिल्की वेको सबैभन्दा नजिकको आकाशगंगा समूह हो।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।


Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link

Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons

Related glossary terms: Apparent Magnitude , Big Dipper , Celestial Coordinates , Cluster of Galaxies , Constellation , Declination , Ecliptic , Elliptical Galaxy , Leo , Libra , Right Ascension (RA) , Spiral Galaxy , Supermassive Black Hole , Virgo , Zodiac
Categories: Naked Eye Astronomy

Want to make your own translation or version of this diagram? Then download the SVG version of this diagram in English (484.68 kB). You can edit this using software like Inkscape (free) or Adobe Illustrator (proprietary). Just remember to credit the author of the original appropriately.

You can also make your own version or translation of this diagram by adding adding text to a version of this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 78.66 kB)
Download Text-Free PDF File (PDF file 160.80 kB)

In Other Languages

अंग्रेजी: Virgo Constellation Map
ईटालियन: Mappa della Costellazione della Vergine
स्पेनिस: Mapa de la constelación de Virgo
प्राचिन चिनि: 室女座星圖
सरल चिनि: 室女座星图
जर्मन: Jungfrau-Sternenkarte

The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".

If you notice a error in this diagram or its caption then please get in touch.