This page describes an image लघु श्वान (केनिस माइनर) तारामण्डलको मानचित्र
Download File ( image 718.73 kB)
Download PDF File (PDF file 120.83 kB)
Diagram caption: यो नक्शा लघु श्वान (केनिस माइनर) तारामण्डल, यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरू सहितको रहेको छ। केनिस माइनर वरिपरि (माथिबाट घडीको दिशामा जाँदा): मिथुन, मोनोसेरोस (एकशृङ्ग), हाइड्रा (जल सर्प) र कर्कट तारामण्डलहरू छन्। यो तारामण्डलमा अपेक्षाकृत कम चम्किला ताराहरू छन् तर यसको सबैभन्दा चम्किलो तारा प्रोसीओन भने आकाशको आठौं चम्किलो तारा हो। लघु श्वान (केनिस माइनर) तारामण्डलले खगोलीय भूमध्य रेखा पार गर्छ जसले गर्दा वर्षको कुनै न कुनै समयमा यस तारामण्डलको केही भाग सम्पूर्ण पृथ्वीबाट देख्न सकिन्छ। सम्पूर्ण तारामण्डल आर्कटिक र अन्टार्कटिकका अति चरम क्षेत्रहरू बाहेक सबै ठाउँबाट देख्न सकिन्छ।यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।
Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित. Credit Link
Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons
Related glossary terms:
Apparent Magnitude
, Celestial Coordinates
, Celestial Equator
, Constellation
, Declination
, Ecliptic
, Right Ascension (RA)
Categories:
Naked Eye Astronomy
Want to make your own translation or version of this diagram? Then
download the SVG
version of this diagram in English (303.86 kB). You can edit this using
software like Inkscape (free) or Adobe Illustrator
(proprietary). Just remember to credit the author of the original appropriately.
You can also make your own version or translation of this diagram by adding adding text to a version of
this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 69.16 kB)
Download Text-Free PDF File (PDF file 135.24 kB)
In Other Languages
अंग्रेजी: Canis Minor Constellation Mapईटालियन: Mappa della costellazione del Cane Minore
The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".
If you notice a error in this diagram or its caption then please get in touch.



