Loading...

This page describes an image तारामण्डलको नक्सा

Download File ( image 1.39 MB)
Download PDF File (PDF file 225.69 kB)

Diagram caption: वृश्चिक राशि (Scorpio) तारामण्डल, यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरू। वृश्चिक (माथिबाट घडीको दिशामा जाँदा) ओफियकस , सर्पेन्स क्यापुट, तुला, लुपस, नोर्मा, आरा, कोरोना अस्ट्रालिस र धनु राशिले घेरिएको छ। वृश्चिकको सबैभन्दा चम्किलो तारा ज्येष्ठा (अन्टारेस) तारामण्डलको मुटुमा देखिन्छ र प्रसिद्ध वृश्चिकको पुच्छर दक्षिण-पूर्व (तल्लो बायाँ) मा छ। वृश्चिक क्रान्तिवृत्तमा (यहाँ नीलो रेखाको रूपमा देखाइएको) अवस्थित छ। क्रान्तिवृत्त भनेको सूर्यले वर्षभरिमा आकाशमा पार गरेको देखिने मार्ग हो। सूर्य नोभेम्बरको अन्त्यमा वृश्चिकमा थोरै समय मात्र बस्छ। सौर्यमण्डलका अन्य ग्रहहरू प्रायः वृश्चिकमा भेट्टाउन सकिन्छ। वृश्चिक आकाशीय भूमध्य रेखाको दक्षिणमा अवस्थित छ। तारामण्डलको सम्पूर्ण संरचना पृथ्वीको सबैभन्दा कुनाको आर्कटिक क्षेत्रहरूबाट देखिँदैन र केही भागहरू एशिया, युरोप र उत्तरी अमेरिकाका उत्तरी भागहरूका पर्यवेक्षकहरूका लागि देख्न कठिन हुन्छ। वृश्चिक उत्तरी गोलार्धको गर्मी र दक्षिणी गोलार्धको जाडोमा साँझमा सबैभन्दा बढी देखिन्छ। पहेंलो वृत्तहरूले खुला समूहहरू एम ६, एम ७ र एनजीसी ६२३१ को स्थिति चिन्ह लगाउँछन् जबकि पहेंलो वृत्तहरूमा प्लस चिन्ह राखिएकाले गोलाकार समूहहरू एम ४ र एम ८० लाई चिन्ह लगाउँछन्।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।


Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link

Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons

Related glossary terms: Apparent Magnitude , Celestial Coordinates , Constellation , Declination , Ecliptic , Globular Cluster , Libra , Open Cluster , Right Ascension (RA) , Sagittarius , Scorpius , Variable Star , Zodiac
Categories: Naked Eye Astronomy

Want to make your own translation or version of this diagram? Then download the SVG version of this diagram in English (740.11 kB). You can edit this using software like Inkscape (free) or Adobe Illustrator (proprietary). Just remember to credit the author of the original appropriately.

You can also make your own version or translation of this diagram by adding adding text to a version of this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 135.97 kB)
Download Text-Free PDF File (PDF file 195.18 kB)

In Other Languages

अंग्रेजी: Scorpius Constellation Map
ईटालियन: Mappa della costellazione dello Scorpione
स्पेनिस: Mapa de la constelación de Escorpio
प्राचिन चिनि: 天蠍座星圖
सरल चिनि: 天蝎座星图

The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".

If you notice a error in this diagram or its caption then please get in touch.