This page describes an image क्यामेलोपार्डालिस तारामण्डलको नक्सा
Download File ( image 1.24 MB)
Download PDF File (PDF file 237.27 kB)
Diagram caption:
क्यामेलोपार्डालिस (जिराफ) तारामण्डल यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरूसहित। क्यामेलोपार्डालिस वरिपरि (माथिबाट घडीको दिशामा): सेफियस, क्यासियोपिया, पर्सियस (ययाती),अरिगा , लिङ्क्स, सप्तर्षि, ड्रेको र लघु सप्तर्षि छन्। क्यामेलोपार्डालिस एक ठूलो तारामण्डल हो तर यसमा तुलनात्मक रूपमा थोरै चम्किला ताराहरू छन्। यो तारामण्डल उत्तरी तारामण्डल हो र यसैले सम्पूर्ण तारामण्डल उत्तरी गोलार्धमा वर्षको कुनै न कुनै समयमा देखिरहन्छ। यो दक्षिणी गोलार्धका भूमध्यरेखीय भागहरूबाट पनि देखिन्छ र केही भागहरू दक्षिणी शीतोष्ण क्षेत्रहरूमा पनि देखिन्छन्। सम्पूर्ण तारामण्डल उत्तरी गोलार्धका सबै आर्कटिक र अधिक उत्तरी शीतोष्ण क्षेत्रहरूका लागि ध्रुवीय छ। क्यामेलोपार्डालिस उत्तरी गोलार्धमा हिउँदको अन्त्यमा र दक्षिणी गोलार्धमा ग्रीष्म ऋतुको अन्त्यमा साँझको समयमा राम्रोसँग देखिन्छ। सर्पिल आकाशगंगाहरू एनजीसी २४०३ र आईसी ३४२ क्यामेलोपार्डालिसमा अवस्थित छन् र यहाँ रातो दीर्घवृत्तले चिन्ह लगाइएको छ। यो रेखाचित्रले उत्तरी खगोलीय ध्रुव वरपरको क्षेत्रलाई चित्रण गर्दछ। यहाँ स्थिर दायाँ आरोहणका रेखाहरू मिल्छन्। यी रेखाहरूको दायाँ आरोहण (right ascension) मानहरू रेखाचित्रको माथि र तल x-अक्षमा चिन्ह लगाइएको छ। स्थिर दिक्पात (declination) केही रेखाहरू y-अक्षमा चिन्ह लगाइएको छ।
यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।
Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link
Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons
Related glossary terms:
Apparent Magnitude
, Celestial Coordinates
, Circumpolar Stars
, Constellation
, Declination
, North Celestial Pole (NCP)
, Right Ascension (RA)
, Spiral Galaxy
Categories:
Naked Eye Astronomy
Want to make your own translation or version of this diagram? Then
download the SVG
version of this diagram in English (822.62 kB). You can edit this using
software like Inkscape (free) or Adobe Illustrator
(proprietary). Just remember to credit the author of the original appropriately.
You can also make your own version or translation of this diagram by adding adding text to a version of
this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 125.88 kB)
Download Text-Free PDF File (PDF file 201.41 kB)
In Other Languages
अंग्रेजी: Camelopardalis Constellation Mapईटालियन: Mappa della costellazione della Giraffa
The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".
If you notice a error in this diagram or its caption then please get in touch.



