Loading...

This page describes an image सप्तर्षि तारामंडल नक्शा

Download File ( image 1.33 MB)
Download PDF File (PDF file 219.92 kB)

Diagram caption: यो नक्शा सप्तर्षि तारामंडल यसका चम्किला ताराहरू र वरपरका तारामंडलहरूको हो। सप्तर्षिलाई (माथिबाट घडीको दिशामा जाँदा) निम्न तारामंडलहरूले घेरेका छन्: ड्राको , क्यामेलोपार्डालिस, लिङ्क्स, लघु सिंह, सिंह, कोमा बेरेनिसेस, केनेस भेनाटिसी र बूटेस। सप्तर्षिलाई अंग्रेजीमा प्रायः बिग डिपर वा प्लाउ भनेर चिनिन्छ। यो प्रमुख उत्तरी तारामंडलको विश्वभरका संस्कृतिहरूबाट विभिन्न प्रकारका नामहरू छन्। जबकि अधिकांश तारामंडल र नक्षत्र समूहहरू असम्बन्धित ताराहरूबाट बनेका हुन्छन् जुन आकाशमा अनियमित रूपमा नजिक देखिन्छन् भने सप्तर्षिका पाँचवटा ताराहरू उर्सा मेजर मुभिङ ग्रुपको भाग हुन्, जुन अन्तरिक्षमा सँगै हिँडिरहेका ताराहरूको समूह हो जुन सम्भवतः ३०० मिलियन वर्ष पहिले एउटै स्थानमा उत्पत्ति भएको थियो। यस चित्रमा बिग डिपरको दाहिने छेउमा रहेका दुईवटा ताराहरूले सूचक ताराहरूको जोडी बनाउँछन् जसलाई उर्सा माइनर तारामंडलमा अवस्थित उत्तरी ध्रुव (पोलारिस) तारा पत्ता लगाउन प्रयोग गर्न सकिन्छ। सप्तर्षि एक उत्तरी तारामंडल हो र उत्तरी र भूमध्यरेखीय क्षेत्रहरूबाट राम्ररी देख्न सकिन्छ भने यसका केही भागहरू दक्षिणी गोलार्धका सबैभन्दा पर को अन्टार्कटिक क्षेत्रका केही भागहरू बाहेक सबै तिरबाट देखिए तापनि दक्षिणी गोलार्धका सबै समशीतोष्ण क्षेत्रहरूले बिग डिपरका सबै भागहरू देख्न सक्दैनन्। यसको विपरीत, यस तारामंडलका धेरै भागहरू आर्कटिक र उत्तरी गोलार्धका धेरै समशीतोष्ण क्षेत्रहरूमा ध्रुवीय परिक्रमा गर्ने (circumpolar) हुन्छन्। सप्तर्षि उत्तरी गोलार्धको वसन्त र दक्षिणी गोलार्धको शरद ऋतुमा साँझमा सबैभन्दा बढी देखिन्छ। यस तारामंडलको उत्तरी भागमा दुईवटा प्रमुख आकाशगंगाहरू देखा पर्छन्, सर्पिल आकाशगंगा (spiral galaxy) M81 र M82, जसको संरचना पृथ्वीबाट अवलोकन गर्न गाह्रो छ किनभने यो किनाराबाट देखिन्छ। दुवैलाई यहाँ रातो अण्डाकारको रूपमा देखाइएको छ।नीहारिका M97 (उल्लू नीहारिका/owl nebula) तारामंडलको बीचमा अवस्थित छ र प्लस चिन्हमा हरियो वृत्त राखेर चिन्ह लगाइएको छ।

यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।


Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित. Credit Link

Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons

Related glossary terms: Apparent Magnitude , Asterism , Big Dipper , Celestial Coordinates , Circumpolar Stars , Constellation , Declination , Leo , Planetary Nebula , Right Ascension (RA) , Spiral Galaxy
Categories: Naked Eye Astronomy

Want to make your own translation or version of this diagram? Then download the SVG version of this diagram in English (713.84 kB). You can edit this using software like Inkscape (free) or Adobe Illustrator (proprietary). Just remember to credit the author of the original appropriately.

You can also make your own version or translation of this diagram by adding adding text to a version of this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 118.49 kB)
Download Text-Free PDF File (PDF file 191.01 kB)

In Other Languages

अंग्रेजी: Ursa Major Constellation Map
ईटालियन: Mappa della costellazione dell'Orsa Maggiore
स्पेनिस: Mapa de la Constelación de la Osa Mayor
प्राचिन चिनि: 大熊座星圖
सरल चिनि: 大熊座星图
फ्रान्सेली: Carte de la constellation LA GRANDE OURSE

The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".

If you notice a error in this diagram or its caption then please get in touch.