Loading...

This page describes an image पेगासस (अश्वः) तारामण्डलको नक्शा

Download File ( image 1.10 MB)
Download PDF File (PDF file 227.53 kB)

Diagram caption: पेगासस तारामण्डल, यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरू।
पेगासस वरिपरि (माथिबाट घडीको दिशामा जाँदा): लासर्टा, सिग्नस, भल्पेकुला, डेल्फिनस, इक्युलियस, कुम्भ राशि, मीन राशि र एन्ड्रोमेडा छन्। पेगासस प्रमुख तारा समूह "पेगाससको वर्ग" (Square of Pegasus) का लागि परिचित छ जुन यसका तीन सबैभन्दा चम्किला ताराहरू र एन्ड्रोमेडाको सबैभन्दा चम्किलो ताराबाट मिलेर बनेको छ। पेगासस उत्तरी तारामण्डल हो र यसैले सम्पूर्ण तारामण्डल वर्षको कुनै न कुनै समयमा सम्पूर्ण उत्तरी गोलार्धभर देख्न सकिन्छ। सम्पूर्ण तारामण्डल दक्षिणी गोलार्धको भूमध्यरेखीय र शीतोष्ण क्षेत्रहरूबाट पनि देख्न सकिन्छ भने यसको केही भागहरू सबैभन्दा परको अन्टार्कटिक क्षेत्रहरू बाहेक सबै ठाउँबाट देख्न सकिन्छ। पेगासस उत्तरी गोलार्धको शरद ऋतु र दक्षिणी गोलार्धको वसन्त ऋतुमा साँझमा राम्रोसँग देखिन्छ। गोलाकार समूह एम१५ पेगाससमा अवस्थित छ र यहाँ पहेँलो वृत्त भित्र प्लस चिन्हले देखाइएको छ। सर्पिल आकाशगंगा एनजीसी ७३३१ पनि पेगाससमा अवस्थित छ र यहाँ रातो अण्डाकार चिन्हले देखाइएको छ।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।


Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित।. Credit Link

Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons

Related glossary terms: Andromeda , Apparent Magnitude , Aquarius , Asterism , Celestial Coordinates , Constellation , Declination , Ecliptic , Globular Cluster , Pisces , Right Ascension (RA) , Spiral Galaxy
Categories: Naked Eye Astronomy

Want to make your own translation or version of this diagram? Then download the SVG version of this diagram in English (770.68 kB). You can edit this using software like Inkscape (free) or Adobe Illustrator (proprietary). Just remember to credit the author of the original appropriately.

You can also make your own version or translation of this diagram by adding adding text to a version of this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 107.07 kB)
Download Text-Free PDF File (PDF file 192.62 kB)

In Other Languages

अंग्रेजी: Pegasus Constellation Map
ईटालियन: Mappa della Costellazione di Pegaso

The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".

If you notice a error in this diagram or its caption then please get in touch.