This page describes an image मीन राशि तारामण्डलको नक्सा
Download File ( image 1.06 MB)
Download PDF File (PDF file 212.80 kB)
Diagram caption:
मीन राशि तारामण्डल, यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरू सहित। मीन राशि वरिपरि (माथिबाट घडीको दिशामा) एन्ड्रोमेडा, पेगासस, कुम्भ, सीटस, मेष र त्रिभुज तारामण्डलहरू छन्। यो तारामण्डल क्रान्तिवृत्तमा अवस्थित छ (यहाँ नीलो रेखाको रूपमा देखाइएको छ)। क्रान्तिवृत्त भनेको सूर्यले वर्षभरिमा आकाशमा पार गरेको देखिने मार्ग हो। सूर्य मार्चको मध्यदेखि अप्रिलको मध्यसम्म मीनमा रहन्छ। यसरी सूर्य मार्च विषुवमा मीनमा हुन्छ। यस बिन्दुमा क्रान्तिवृत्तले आकाशीय भूमध्य रेखालाई काट्छ। वसन्त विषुवमा सूर्यको स्थान राइट एसेन्सन स्थितिगत निर्देशांकको शून्य बिन्दु सेट गर्न प्रयोग गरिन्छ। सौर्यमण्डलका अन्य ग्रहहरू पनि प्रायः मीनमा भेट्टाउन सकिन्छ। मीन आकाशीय भूमध्य रेखामा फैलिएको छ र यसरी पृथ्वीको सबै भागबाट वर्षको कुनै न कुनै समयमा देख्न सकिन्छ। पृथ्वीको आर्कटिक वा अन्टार्कटिक क्षेत्रहरूको सबैभन्दा कुनाबाट, यो तारामण्डलका केही भागहरू देखिन नसक्ने हुन सक्छ। मीन उत्तरी गोलार्धको शरद ऋतु र दक्षिणी गोलार्धको वसन्त ऋतुमा साँझमा सबैभन्दा स्पष्ट रूपमा देखिन्छ। ग्रान्ड डिजाइन सर्पिल आकाशगंगा एम७४ यो रेखाचित्रमा सानो रातो वृत्तले चिन्ह लगाइएको छ।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।
Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link
Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons
Related glossary terms:
Andromeda
, Apparent Magnitude
, Aquarius
, Aries
, Celestial Coordinates
, Constellation
, Declination
, Ecliptic
, Equinox
, Pisces
, Right Ascension (RA)
, Zodiac
Categories:
Naked Eye Astronomy
Want to make your own translation or version of this diagram? Then
download the SVG
version of this diagram in English (692.43 kB). You can edit this using
software like Inkscape (free) or Adobe Illustrator
(proprietary). Just remember to credit the author of the original appropriately.
You can also make your own version or translation of this diagram by adding adding text to a version of
this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 105.59 kB)
Download Text-Free PDF File (PDF file 187.43 kB)
In Other Languages
अंग्रेजी: Pisces Constellation Mapईटालियन: Mappa della Costellazione dei Pesci
स्पेनिस: Mapa de la constelación de Piscis
प्राचिन चिनि: 雙魚座星圖
सरल चिनि: 双鱼座星图
The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".
If you notice a error in this diagram or its caption then please get in touch.



